मकै पकेट क्षेत्रमा अमेरिकन फौजी किराको प्रकोप

बैतडी | असार २०, २०८१

मकै पकेट क्षेत्रमा अमेरिकन फौजी किराको प्रकोप तस्बिर फाइल

बैतडी:     अमेरिकन फौजी किराले मकैखेतीलाई नष्ट गरिदिँदा यहाँका किसान चिन्तित भएका छन्। 


दोगडाकेदार गाउँपालिकाको रिम, कालागाउँ, न्वाली, श्रीकेदारलगायतका स्थानमा फौजी किराले मकैखेतीलाई असर पुर्‍याएको हो। 


किराले मकैको  बोट सखाप पारेको दोगडाकेदार–५ न्वालीका किसान मदनसिंह कार्कीले बताए।


‘किराले मकैको पातमा पसेर गाबोसमेत खाने गरेको छ। किराले खेतमा लगाइएको मकैबाली नष्ट गर्न थालेपछि समस्या भएको छ। किरा नियन्त्रणका लागि विषादी उपलब्ध गराइदिन गाउँपालिकाको कृषि शाखालाई अनुरोध गरेका छौं,’ उनले भने।


विभिन्न ठाउँका किसानले मकैबालीमा फौजी किराको जोखिम देखिएको भन्ने गुनासो आएपछि अनुगमन र  विषादी वितरण गर्ने कार्य भइरहेको कृषि प्राविधिक भुवनेश्वरी भट्टले बताए।


‘किसानले फौजी किराले मकैबालीलाई नष्ट गरेको गुनासो गरेपछि अनुगमन गरेर आवश्यक सुझाव सल्लाहका साथै विषादी वितरण गर्ने गरेका छौं,’ उनले भने।


समयमा वर्षा नहुँदा तथा खडेरीका कारण फौजी किरा बढी सक्रिय हुने गरेको छ। मकैको पकेट क्षेत्रमै किराले मकैबाली नोक्सान गरेको हो।


दिनभरि मकैको बोटमा लुक्ने र रात परेपछि किराले मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा पनि धेरै बाली नष्ट गर्ने गर्दछ। 


पालिकाका विभिन्न वडामा अमेरिकन फौजी किराको जोखिम देखा परेको भन्ने जानकारी आएको दोगडाकेदार गाउँपालिकाका कृषि शाखा अधिकृत सन्तोष भट्टले बताए।


रिम, कालागाउँलगायतका किसानले फोन गरेर फौजी किराको जोखिम देखिएको जानकारी गराएका छन्।


‘मकैमा फौजी किराको आक्रमणबारे जानकारी पाएपछि वडास्तरबाटै कृषि प्राविधिक पठाएर अनुगमन कार्य गरी विषादीको व्यवस्था गरेको छौं,’ उनले भने।


फौजी किरा रातको समयमा बढी सक्रिय हुने गरेकाले जोखिम देखिएको ठाउँमा विषादीको प्रयोग गर्न आवश्यक रहेको  शाखा अधिकृत भट्टको भनाइ छ।


गएको चार वर्षयता हरेक वर्ष फौजी किराको जोखिम देखिने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख घनश्याम चौधरीले बताए।  


‘मकैमा फौजी किराको जोखिम प्रत्येक याममा देखा पर्ने गरेको छ, माटोमा अण्डा भइरहने र लार्भा उत्पन्नको तहबाटै मकैको बोट खान थाल्छ। नियन्त्रणका लागि मुस्किल हुने गरेको छ,’ उनले भने।


पालिकाको कृषि शाखाको समन्यमा किसानहलाई ज्ञानकेन्द्रले बिषादी वितरण गर्ने गरेको छ।


इमामेक्टिन वेन्जोएट, अल्टाकोर नामक विषादी वितरण गर्ने र एक किसानले मात्रै विषादी प्रयोग गरेर नहुने भएकाले जोखिम देखिएका सबै बारीमा विषादी छर्केपछि मात्रै किराको जोखिम नियन्त्रण हुने जनाइएको छ।


माटोको उपचार गरेर पनि  फौजी किराको जोखिम हटाउन सकिने प्रमुख चौधरीको भनाइ छ।


फौजी किराको जोखिम देखा परेकाले यस वर्ष मकै उत्पादनमा ह्रास आउने देखिएको छ।


बैतडीमा १३ हजार हेक्टर क्षेत्रफलमा मकैखेती हुने गरेको भए पनि जंगली जनावर, विभिन्न रोगकिरा, बसाइँसराइका कारण हाल ५ हजार चार सय हेक्टर क्षेत्रफल जमिनमा मात्रै मकैखेती गरिएको केन्द्रले जनाएको छ।  

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।   पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

थप पढ्नुहोस्